चङ्गा चेटले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षकाे दावि

काठमाडौं, कात्तिक १८ । नेपाली चलिचित्र चङ्गा चेट गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । सो चलचित्रको निर्माण माधव वाग्लेले गरेका हुन् भने प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सूर्य थोकरको द्वन्द्व, निरक कँडेलको छायांकन र दीर्घ खड्काले सम्पादन गरेका हुन् । 

चलचित्रले दर्शकको राम्रो साथ पाइरहेकाे र प्रर्दशनमा अाएकाे दुई दिनमा अनुमानित ६० लाख क्रस गरेको निर्माण पक्षले जानकारी दिएका छन् । 

निर्माता माधव वाग्लेले विभिन्न मिडियासँग कुरा गर्दै काठमाडौँ बाहेक पोखरा, बुटवल, चितवन, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको भिड उत्साहजनक रहेको बताए । 

null

सो फिल्ममा ‘गोजीमा दाम छैन’ भन्ने बोलको गीतले चिकै चर्चा पाईरहेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रवीन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतको अभिनय रहेको छ । भने निश्चल बस्नेत, बेनिशा हमाल र रिचा शर्मा अतिथि भुमिकाको रुपमा देखा परेका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *