खशोग्गीका छोराहरुले भने – ‘दाहसंस्कार गर्न बाबुको शव देऊ’

कात्तिक १९, वासिङ्टन । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । 

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्गीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् । 

खशोग्गीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आएका छन् । 

null

सिएनएनसँग वासिङ्टनमा कुरा गर्दै अब्दुल्लाह खशोग्गी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्नेगरी साउदी सरकारसँग आग्रह गरिएको बताए । 

सलाहले सिएनएनसँग भने, “मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही थिएनन् । उनको अटल विश्वास राजतन्त्रप्रति थियो ।” 

अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताए । उनले प्राप्त जानकारीहरु भ्रमित गर्ने किसिमका रहेको जानकारी दिए । उनले भने, “यो सामान्य परिस्थिति होइन र उहाँको मृत्यु सामान्य पक्कै होइन ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *