नेपाल आइडलबाट बाहिरिए कृशल कंडेल

कात्तिक ३०, काठमाडौं । एपीवान टेलिभिजनबाट प्रशाारित चर्चित रियालीटी शो नेपाल आइडलको सिजन २ बाट धादिङका कृशल कंडेल बाहिरीएका छन् । दर्शकको भोटिङ र निर्णायकहरुको मतको आधारमा आठ प्रतिष्पर्धी मध्ये कान्छा प्रतिष्पर्धी कृशल कडेल बाहिरीएका हुन् ।  

हिजो बिहिबार भएको लोकगित राउण्डमा उत्कृष्ठ प्रस्तुति दिएपनि उनी आज डेण्डर जोनमा परेका थिए । प्रतियोगिताबाट बाहिरिएपनि कृशलले आफ्नो सांगितिक यात्रा नरोकिने बताए । उनले आफुले नेपाल आइडलबाट संगीतका धेरै कुरा सिक्न पाएको भन्दै अब आफ्नो यात्रा सुरु भएको प्रतिकृया दिए ।  

नेपाल आइडलको दोस्रो संस्करणमा अब सात प्रतिष्पर्धी बाँकी रहेका छन् । शुक्रबार अर्की प्रतिष्पर्धी निलिमा थापा मगरको स्वास्थ्य स्थिति विग्रिएपछि उनले आफ्नो प्रस्तुति दिइनन् ।  

null

अब नेपाल आइडलको राउण्डमा रवि ओड, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, पवन गिरी, निलिमा थापा मगर र अमित बराल रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *