‘नउघ्रेको जून’ र ‘जानु’ बिमोचित

काठमाडौँ, मंसिर ४ । बेलायतमा रहँदै आएकी ताप्लेजुङकी स्रष्टा जानु काम्बाङ लिम्बूको कथासंग्रह ‘नउघ्रेको जून’ तथा गिती एल्बम ‘जानु’ सोमबार काठमाडौँमा आयोजित एक समारोहमा बिमोचन गरिएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा बरिष्ठ कवि बैरागी काइँलाले ति कृति बिमोचन गरेका हुन् ।बिमोचनमा गायक आनन्द कार्की, गितकार गंगाराज मुकारुङ, सँस्कृतिविद् डा. भक्त राई, कवि तथा कथाकार बिना थिङ लगायतले साथ दिएका थिए । 

उक्त समारोहमा एल्बमभित्रको एउटा गजल ‘कैयौँ प्यासी रातहरू’ र एल्बममा नसमेटएको गीत ‘गर्नु छ एउटा कुरा’माथि बनेको म्यजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।प्रमुख अतिथी काइँलाले जानु काम्बाङ नाम सुन्दै आएको तर पढ्न भने नपाएको बताउँदै जानु प्रतिभाशाली साहित्यकार भएको दाबी गरे । 

null

कथा संग्रहको समिक्षा गर्दै थिङले ‘नउघ्रेको जून’ का सबै कथाहरू सामाजिक धरातललाई टेकेर लेखिएका यथार्र्थवादी पाएको बताइन् । डा. राईले जानुका गितहरू अब्बल रहेको उल्लेख गरे । कार्यक्रममा नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लिम्बू, सचिव टीका चाम्लिङ र गीतकार संघका महासचिव शुभ मुकारुङले समेत जानुको लेखनमाथी बोलेका थिए । 

कथासंग्रह २० वटा कथा र एल्बममा १० वटा गित समावेस गरिएको छ । परदेशमा सधैँ कामैकाम मात्र हुने प्रसंग निकाल्दै स्रष्टा जानुले केही फुरेको खण्डमा रेल वा गाडीमा यात्रा गर्दागर्दैको अवस्थामा मोबाइलमा लेख्नु पर्ने स्थितीमा आफूले सिर्जनाहरू गर्ने गरेको सुनाइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *