ती पाकिस्तानी अभिनेता जो नेपालमा पण्डित बने

हिन्दु मुस्लिम तनावमा बनिरहेको हलिउड चलचित्र ‘द म्यान फ्रम काठमान्डु’ को सुटिङ पूरा भइसकेको छ र अर्को महिना रिलिज हुने तयारीमा छ । 

यो फिल्ममा हिन्दु पण्डितको भूमिका पाकिस्तानका चर्चित अभिनेता हमिद शेख र मुसलमानको भूमिका बलिउड अभिनेता गुलशल ग्रोवरले निभाइरहेका छन् । 

हमिद शेखको सम्बन्ध बलूचिस्तानसँग छ । उनी पिटिवी क्वेटासँग जोडिएका थिए । यसबाहेक फिल्म ‘मोर’ मा उनले मुख्य भूमिका निभाएका छन् । यस्तै फिल्म ‘खुदाके लिए’ मा पनि उनले महत्वपूर्ण भूमिका निभाए । अभिनेताका रुपमा उनी हरेक भूमिका निभाउन चाहेको उनी बताउँछन् । 

null

 

उनले फिल्म मोरदेखि पण्डितसम्मको भूमिका निभाउनका लागि आफूले त्यति मेहनत गर्नु नपरेको बताए । 

हमिद शेखका अनुसार उनी अन्तर–धार्मिक माहौलमा हुर्किएका हुन् जसका कारण पण्डितको भूमिका निभाउन निकै सजिलो भएको उनको भनाई छ । 

हमिद शेखका अनुसार ‘द म्यान फ्रम काठमान्डु’ को कहानी एक मुसलमान युवकमा केन्द्रीत छ, जो अमेरिकाबाट नेपाल आएर आफ्ना पिताको विरासत खोजिरहेको छ । यो क्रममा उनी एक मुसलमान नेताको सम्पर्कमा आउँछन् जसको भूमिका गुलशन ग्रोवरले निभाइरहेका छन् । 

 

गुलशनले उनलाई राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् र यसमा असफल हुन्छन् । 

हमिद भन्छन्, ‘यो क्रममा मेरो मुस्लिम नेतासँग मुठभेद हुन्छ । म त्यहाँको एक हिन्दु नेता हुँ, पण्डित हुँ ।’ 

यो फिल्मका निर्देशक पेमा नेपाली हुन् । उनका परिवार तिब्बतबाट नेपाल भित्रिएका थिए । पेमाले अमेरिकामा शिक्षा हाँसिल गरेका हुन् र आफ्नो फिल्मलाई हलिउडमा रजिस्टर गराए । 

गुलशन ग्रोवरका अनुसार उक्त फिल्म पेमा ढोंढुप आफैंले लेखेका हुन् । पेमा गुलशनका साथी हुन् । 

बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *