महिला हिँसालाई समेटेर बनाईएको मालिकालाई च्यारिटी मार्फत देखाईयो

काठमाडौँ, कात्तिक, १५ । बुधबार राजधानीको कुमारीहलमा नायिका तथा निर्देशक रेखा थापाद्धारा अभिनित चलचित्र मालिकालाई जेन्टा क्लव काठमाण्डौले च्यारिटी शो मार्फत देखाएको छ । 

यस फिल्ममा देशमा घटिरहेको महिला हिँसा, चरम यातना, बालविवाह जस्ता घटनाहरु समावेश गरि बनाईएको छ । च्यारिटीमा उपस्थित झन्डै ४ सय जनाले मालिकाको तारिफ गर्दै बाहिर निस्किएका थिए । विशेष महिलाको बारेमा समेटिएको यस फिल्मले समाजमा परिवर्तन ल्याउने अधिकांशको बिचार रहेको थियो । 

मालिकाको च्यारिटी शो मा समाजसेवी, साहित्यकार, महिला अधिकारक्रर्मी र अभिनेत्रीहरु सहित धेरैको उपस्थित रहेको थियो भने फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै मालिका पुगेका करिश्मा र ऋचाले पनि  फिल्मले उठाएको कन्टेन्ट एकदम बलियो रहेको र फिल्म एकदम राम्रो बनेको बताए । 

null

बालविवाह र महिला हिँसाका घटनाहरु प्रस्तुत गरेको यस फिल्मलाई देशभरका नेपालीहरुले हेर्नु पर्ने उपस्थित महिलाहरुको भनाइ रहेकाे थियो । मालिका भोली शुक्रबार देखी नेपालका सबै हलहरुमा प्रदर्शनमा आउँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *