रिमा र बेनिशाको अहिलेसम्मकै हट भिडियोलाई किन रुचाइएन !

मंसिर २, काठमाडौं । दुई दिन अगाडी गायिका अञ्जु पन्तको स्वरमा आएको गीतको म्युजिक भिडियोले यतिबेला बजार तताएको छ । 

गीतमा अञ्जु पन्तको सुमधुर स्वरले जति चर्चा पाएको छ, त्यो भन्दा चर्चा म्युजिक भिडियोमा अभिनय गर्ने नायिकाद्वय रिमा विश्वकर्मा र वेनिशा हमालको इन्टिमेन्ट सिनले चर्चा पाएको छ । 

लेजबियन सम्बन्धलाई प्रस्तुत गरिएको भिडियोमा रिमा र बेनिशाले दिएको इन्टिमेन्ट सिनलाई युट्युवमा दर्शकले मनपराएका छैनन् । 

null

 

दुई दिनमा ४८ हजार बढिले हेरेको भिडियो हेरेर कमेन्ट गर्नेहरु धेरैले मन नपरेको प्रतिकृया दिएका छन् । प्रविन श्रेष्ठले निर्देशन गरेको ‘मैले भुल्न’ बोलको गीतमा मोडलद्धय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियनका रुपमा प्रस्तुत गरिएको छ । 

दर्पण यात्रीको शब्द, जीतेन लामाको संगीतमा यो गीतमा रहेको छ । म्युजिक भिडियोको छायांकन उत्तम हुमागाइको छ । कसम नेपाल र मन्जिल श्रेष्ठको सह–निर्देशन, प्रविण श्रेष्ठकै सम्पादन रहेको भिडियोलाई युट्युवमा नरुचाइनुको कारण नै लेजबियन सम्बन्धलाई देखाइनु रहेको देखिएको छ । 

हेर्नुहोस भिडियो 

https://youtu.be/TMd-hMYlr3M 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *