द भ्वाइस अफ नेपालमा शैलेश्वरी दिईन् दमदार प्रस्तुती (भिडियो सहित)

काठमाडौँ, मंसिर २ । निकै लोकप्रिय गायन शो बनेको द भ्वाइस आफ नेपाल हाल ६ वटा लाइभ राउन्ड सकिएर ७ औँ लाइभ राउण्ड अर्थात टप २४ चलिरहेको छ । अबको नयाँ एपिसोडमा टप २४ मा परेका ट्यालेन्टमध्ये २२ ट्यालेन्टहरु भिड्ने भएका छन् । यो गायन रियालिटी शो ले सुरु देखी नै निकै चर्चा परिचर्चा बटुली रहेको छ । 

पहिलेको एपिसोडमा झैँ हिजो पनि दुई कोचको ३ ३ जना ट्यालेन्टले आफ्नो प्रस्तुति दिएका थिए र ती मध्ये पहिलो ट्यालेन्ट जसले प्रस्तुती दिएकी थिईन् ती हुन् सुदुर पश्चिमकी शैलेश्वरी सिंह । सिंह कोच सनुपको टिमबाट हुन् । यो पटक उनले आफ्नो भन्दा छुटै जनराको गीत गाएर जर्जहरुको तारिफ बटुल्न सफल भएकी छिन् । शैलेश्वरीले द भ्वाइस अफ नेपालको एपिसोड २३ मा दोस्रो प्रस्तुती दिएकी हुन् । 

चर्चित गायक पशुपति शर्मा हिजोको एपिसोडमा गेष्ट जर्जको रुपमा आँगमन भएका थिए । उनको आँगमनबाट शो को माहोलनै निकै रोमाञ्चित बनेको थियो 

null

https://youtu.be/k-PLcrfz8eM 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *