तिन दिन देखी छतमा बसेको सुगाको उद्धारकर्मीले पत्ता लगाए अचम्मको रहस्य

सुगाको विषेशता भनेको रट्न सक्नु हो । कुनै सुगा आफ्नो मालिकको नाम भन्छन् भने कुनै गुड मर्निङ, गुड नाइट भन्छन्। तर लन्डनमा एउटा सुगा फोहोर कुरा बोल्नमा चर्चित छ । 

जेसी नाम गरेको यो सुगा तीन दिनदेखि एक छतमा बसिरहेको थियो। मासिसहरुले छतमा सुगा फसेको अनुमान लगाए। उनीहरुले रेस्क्यू टिमलाई फोन गरेर सोको जानकारी गराए। तत्काल उद्धारकर्मी सुगाको उद्धारमा जुटे। तर रिसाएको सुगाले उद्धारकर्मीमाथि गालीको वर्षा गर्यो। 

उत्तरी लन्डनमा जेसी नामको घरमा पालेको सुगा तीन दिनदेखि छतमा बसेको थियो। आफ्नो सुगा हराएपछि मालिक पनि तनावमा थिए। त्यसपछि उनका छिमेकीले सुगा छतमा रहेको बताए। 

null

सबैले के अनुमान लगाए भने कि सुगा घाइते भएको वा केहीमा फसेको छ। सोही कारण सुगा तल आउन सकेको छैन। मालिकले लन्डन फायर ब्रिगेडलाई फोन गरे। फायर ब्रिगेड तत्काल आए। मालिकले फायर ब्रिगेडका कर्मचारीलाई खानाको कचौरा सँगै लगेर प्रेमसँग ‘जेसी आई लभ यू’ भन्नु आग्रह गरे। 

त्यसो गर्दा सुगा आत्तिँदैन र तल झर्छ भने।फायर ब्रिगेड टिमका कर्मचारी स्वालोले भने, ‘म त्यँही थिए। जेसीका मालिक टर्की र ग्रीक दुवै भाषामा कुरा गर्थे। हामीले फायर ब्रिगेडका फाइटरलाई दुवै भाषामा ‘आउ’ भन्ने शब्द सिकाएर पठायौं। 

तर हामी त्यतिबेला दंग बन्यौं जतिबेला फायर ब्रिगेडका फाइटर छतमा पुगेर खानाको कचौरा अगाडि सार्दै आइ लभ यू भने। तब सुगाले गाली वर्षाउन थाल्यो र त्यहाँबाट उड्यो। त्यसपछि हामीलाई थाहा भयो सुगा फसेको वा घाइते भएको होइन रहेछ। उ त आफ्नो मालिकदेखि रिसाएर पो छतमा गएर बसेको रहेछ। सो सुगा पहिला उडेर नजिकैको रुखमा गएर बस्यो अनि पछि मालिक भएको ठाउँमा गयो।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *