दिपिका–रणवीरको विवाहः पाहुनासँग डोनेसनको अपिल, पार्टीमा ‘इन्ट्रि’ को लागि स्क्यान हुनेछ कार्डको QR कोड

कात्तिक २८, काठमाडौँ । दीपिका पादुकोण र रणवीर सिंह १४ नोभेम्बर यानिकी आज विवाह बन्धनमा बाँधिदै छन् । उनीहरुको विवाहले सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरुमा निकै चर्चा बटुलीरहेको छ । 

दीपिका र रणवीरले दुई पटक विवाहको पार्टी दिनेछन् । एक बैङ्गलोरमा र अर्को मुम्बईमा । दुवै जनाले पार्टीमा सहभागी हुने पाहुनालाई कुनै पनि गिफ्ट नल्याउन आग्रह गरेका छन् । उनीहरुले गिफ्ट नलिने बताएका हुन् । उनीहरुले यो अपील निमन्त्रणा कार्डमा पनि गरेका छन् । 

दीपवीर द लिभ लभ लाईफ फाउन्डेसनसँग जोडिएका छन् । त्यसैले उनीहरुले दिप-वीरले गिफ्ट ल्याउन भन्दा पनि डोनेट गर्नका लागि अपिल गरेका हुन् ।  

null

त्यस्तै रणवीर र दीपिकाको निमन्त्रणा तथा पार्टी कार्ड अन्यको भन्दा निकै फरक छ । सो कार्डमा पार्टीमा आउने पाहुनाहरुलाई कार्ड पनि साथमा लिएर आउन भनिएको छ । सुरक्षालाई मध्यनजर गर्दै निमन्त्रणा कार्डमा भएको QR कोड SCAN बताइएकाे छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *