दीपिका पादुकोणको त्यो बचपना…

कात्तिक १९ । भारतीय चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह यतिबेला विवाहको पूरा तयारीमा जुटेका छन् । उनीहरुले विवाहको निम्तो कार्ड पनि बाँडिसकेका छन् । अहिले उनीहरुको सामाजिक सञ्जालदेखि मिडिया सम्म चर्चा चलिरहेको छ । 

अभिनेत्री दीपिका पादुकोणको जन्म ५ जनवरी १९८६ मा भएको थियो । मोडलिङबाट आफ्नो करिअरको सुरुवात गरेकी दीपिका हिमेश रेशमियाको म्यूजिक भिडियोमा पहिलो पटक देखिएकी थिइन् । 

 

null

त्यसपछि २००६ मा फिल्म् ऐश्वर्याबाट दीपिकाले आफ्नो फिल्मी यात्रा सुरु गरिन् । उनले २००७ मा बलिउडमा शाहरुख खानको फिल्म् ओम शान्ति ओमबाट कदम चालेकी हुन् । 

 

दीपिका पादुकोण बिख्यात ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन् । उनकी एउटी बहिनी पनि छिन्, अनिशा पादुकोण । दीपिकाकी आमा हाउस वाइफ हुन् भने बहिनी ब्याडमिन्टन खेलाडी हुन् । 

 

उनको परिवार बैंङ्गलोरमा बस्छन् । उनी अहिले रणवीरसँगको विवाहका कारण चर्चामा छिन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *