एउटा यस्तो देश जहाँ महिलाहरुलाई नुहाउँन मनाही छ

दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ । 

अफ्रिकाको उत्तरी नामिबियाको कुनैन प्रान्तमा एक यस्तो जातिहरुको बसोबास छ जहाँको महिलाहरुलाई नुहाउने अनुमति छैन् । 

कुनैन प्रान्तमा रहेका हिम्बा जनजातिको जनसङ्ख्या करिब ५० हजार रहेको छ । यस जातिका महिलाहरुलाई अफ्रिकाको सबैभन्दा सुन्दर महिलाहरु मानिन्छ तर उनीहरुलाई कहिल्यै नुहाउने अनुमति छैन् । 

null

यतिमात्रै होइन् यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन् । 

तर, उनीहरुले आफ्नो सरसफाईको लागि उनीहरुको एक विशेष तरिका अपनाउने गरेका छन् । 

हिम्बा जनजातिका महिलाहरुले नुहाउनको सट्टा विशेष प्रकारको जडीबुटिलाई पानीमा उमालेर त्यसको धुँवाबाट आफ्नो शरिर ताजा बनाँउछन् । 

यसले उनीहरुको शरिरको गन्ध हट्छ र कहिल्यै ननुहाए पनि राम्रो बास्ना आउँछ । 

यस जातिका महिलाहरु आफ्नो छालालाई घामबाट बँचाउनको लागि एक विशेष प्रकारको लोसन लगाँउछन् । यो लोसन विभिन्न जनावरको बोसो र हेमाटाइटको धुलोबाट बनाइएको हुन्छ । 

हेमाटाइटको धुलोको कारणले उनीहरुको छालाको रंग रातो हुन्छ र यो विशेष लोसनले उनीहरुलाई किराहरुले टोक्न बाट पनि बचाँउछ । यी महिलाहरुलाई रेड म्यान नामले पनि चिनिन्छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *