विवाहको ६ महिनामै आमा बनिन् नेहा ! यसकारण लुकाएकी थिइन् प्रेग्नेन्सी ?

मंसिर ३, काठमाडौँ । बलिउड नायिका नेहा धुपिया र अंगद बेदी विवाह भएको ६ महिनामै बाबु आमा बनेका छन् । 

मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा नेहाले आइतबार एक छोरीलाई जन्म दिइन् । उनीहरुलाई यतिबेला बधाई दिनेको ओइरो लागेको छ । 

नेहा र अंगदले निकै गोप्य तरिकाले विवाह गरेका थिए । उनीहरुले सामाजिक सञ्जालमार्फत् नै आफ्नो विवाह भएको सार्वजनिक गरेका थिए । बलिउडमा कसैलाई पनि निम्तो दिएनन् । 

null

नेहा गर्भवती भएपछि हतारहतारमा विवाह गरेका थिए । पछिल्लो समयमा अंगतले नेहा गर्भवती भएर गोप्य तरिकाले विवाह गरेको स्वीकार गरेका छन् । 

 

प्रेग्नेन्सीकाे बारेमा लामो समयसम्म नेहा र अंगद मिडियामा बोलेका थिएनन् । युवा पुस्तामाझ लोकप्रिय भारतिय रियालिटी शो ‘रोडिज’ मा निर्णायकको रुपमा रहेकी नेहाले आफनो करिअर जोगाउनको लागि प्रेग्नेन्सी लुकाएको बताएकी थिइन् । 

करिब एक वर्षको प्रेम सम्बन्धपछि नेहा र अंगद बैवाहिक बन्धनमा बाधिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *