प्रियंकाद्धारा अभिनित नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौ मंसिर ६ । बलिउडकी सफल नायिका प्रियंका चोपडाले अभिनय गरेको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा समावेश गरिएको छ । 

उक्त ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के गरेका छन् भन्ने कुरा देखाईएको छ । सो फिल्म नायिका प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको हो भने यसको निर्देशन पाखी ए तराइवालाले गरेका हुन् । 

उक्त फिल्ममा मुख्य भूमिका इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, बिनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको रहेको छ । 

null

पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मको सह निर्माताको रुपमा चिल्ड्रेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ । नेपाली भाषामा तयार पारिएको फिल्म पाहुनामा अंग्रेजी सबटाइटल पनि राखिएको छ । 

https://youtu.be/mGew2j65ST4 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *