सगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

काठमाण्डौ मंसिर ५ । राजधानी स्थित नेपाल साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सोमबार युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको छ । 

कार्यक्रममा “नेपाली कला र श्रष्टाको सम्मान, नेपाली सँस्कृति संरक्षण र प्रर्बद्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ कला र पत्रकारिता क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरिएको थियो । 

 

null

रेस्पोन्सिभ मिडियाको आयोजनामा अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेका थिए । अवार्ड कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगरमाथाको नामबाट सुरुवात भएको अवार्डले नेपालको कला र सँस्कृतीको प्रर्बद्धन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । 

सो कार्यक्रममा नेपाली पत्रकारिता जगतमा रंग पत्रकारीता गरिरहेका सात जना पत्रकारहरुलाई सम्मानित गरिएको थियो भने कुल ४४ वटा विधामा प्रतिस्पर्धामा आएका कलाकर्मीहरु अवार्डेड भएका थिए । 

 

अवार्ड निर्णायक र एसएमएस भोटिङको आधारमा निर्णय गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । उनले कला र कलाकारको सम्मानको लागि हरेक वर्ष अवार्ड गर्ने उनले प्रतिबद्धता समेत गरे । 

अवार्डमा नेपालका अग्रज संगितकर्मीदेखी नयाँ पुस्ता कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आस्था कला केन्द्र र इलिगेन्स डान्स सेन्टरले आफ्ना प्रस्तुती देखाएका थिए ।  

 

पाँच दशक लामो समय नेपालको सांगीतक ईतिहासलाई समर्पण गरेकी लोक गायिका चन्द्रकला शाहलाई नगद रु.१७, ६९६ सहित लाईफटाईक अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारीलाई कला पत्रकारिताबाट सम्मानित गरिएको थियो । 

त्यस्तै रंगपत्रकार एव. चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा इभेन्ट निर्देशक लबबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोक गायक गणेश गुरुङ, मिसेस् एसिया प्यासिफिक चन्दा थापा सम्मानित भएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *