2.0 ले तोड्यो बाहुबली- 2 को रेकर्ड ! रिलिज अगावै कति कमायाे ?

मंसिर ६, काठमाडौँ । बलिउड स्टार अक्षय कुमार र रजनीकान्तको चलचित्र 2.0 रिलिज हुन ७ दिन बाँकी छ । यो चलचित्र २९ नोभेम्बरमा रिलिज हुँदैछ । भारतमा करिब ६६ सयदेखि ६८ सय स्क्रीन (१७ आइमेक्स थिएटर) मा रिलिज हुनेछ । 

यो चलचित्रले बाहुबली २ को रेकर्ड ब्रेक गर्दैछ । बाहुबली २ करिब ६५ सय स्क्रीन्समा मात्र रिलिज भएको थियो । 

चलचित्रको रनिङ्ग समय २ घण्टा २८ मिनेट रहेको छ । यसलाई सेन्सर बोर्डले U/A को सर्टिफिकेट दिएको छ । देशभरीमा चलचित्रकाे ३२ देखि ३३ हजार शो हुनेछ । यो रेकर्ड पनि बाहुबलीको भन्दा धेरै हो । बाहुबली २ ले देशभरमा ३१ हजार शो मात्रै पाएको थियो ।  

null

2.0 ले रिलिज हुनुभन्दा अगाडी नै २ सय करोड कमाएको छ । चलचित्रलार्इ हिन्दी, तमिल र तेलुङ्ग भाषामा संस्करण गरिएको छ ।        

योसँगै याे चलचित्र दुनियाँको टप १० मेगा बजेट चलचित्र मध्येको एक भएको छ । यसमा 2.0 नवौँ नम्बरमा छ । चलचित्रमा अक्षय कुमार, रजनीकान्त, एमी ज्याक्सन लगायतको मुख्य भूमिका रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *