बाँदरले यसरी बचायो एकै परिवारको ३० व्यक्तिको ज्यान

एउटा बाँदरको पिशाबका कारण एकै परिवारका तीस जनाको ज्यान बच्यो भन्ने सुन्दा अनौठो लाग्न सक्छ । र, एक बाँदरले सबैलाई अचम्म पार्दै एकै परिवारका तीस जनाको ज्यान बचाउन सफल भएको छ । उसले त्यो समयमा पिशाब नफेरेको भए धेरै ज्यान जान्थ्यो । 

घटना बेंगलौरको हो । गएको शनिबार श्रीरंगापट्टनममा कावेरी नदीको तटमा एक धार्मिक अनुष्ठानका लागि एक परिवारका तीस जना पुगेका थिए । कावेरी नदीमा पवित्र स्नान गरिसकेपछि उनीहरु सबै एउटा आपको रुखमुनी बसे । 

उनीहरु त्यहाँ बसेको पाँच मिनेट नहुँदै रुखमाथि बसेको बाँदरले तल बसेका मानिसहरुमाथि पिशाब गर्यो । यसबाट रिसाउँदै तल बसेका परिवारका सदस्यले बाँदरलाई गाली पनि दिँदै त्यहाँबाट हटे । यद्यपी तीन जना अन्य जो रुखमुनी दोस्रातिर बसिरहेका थिए । 

null

अचानक आँपको त्यो बिशाल रुख ढल्यो, जसको तल रहेका तीन जना च्यापिए । यिनीहरुमा एक ४० वर्षीय रन्तामाको ज्यानै गयो । र दुई जना २५ वर्षीय दक्षिणी र १० वर्षीय पुनुइता घाइते भइन् । एक सदस्यको मृत्युपछि परिवारका अन्य सदस्य दुःखी थिए तर, साथै त्यो बाँदरप्रति आभारी पनि थिए जसलाई केही समयअघि गाली गरिरहेका थिए । 

समाचार अनुसार परिवारका एकजना सदस्यले भनेका छन् बाँदरले पिशाब गर्दा हाम्रो पुरै परिवार बाँच्यो । यसकारण भनिन्छ जे हुन्छ राम्रोका लागि नै हुन्छ । एजेन्सी । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *