कपिल शर्माको नयाँ शो, कहिलेदेखि हुँदैछ प्रशारण ? (टिजरसहित)

मंसिर १२, काठमाडौँ । आफ्ना फ्यानहरुलार्इ बलिउड कमेडियन कपिल शर्माले नयाँ खुशी थमाइदिएका छन् । 

दर्शक तथा फ्यानको लामो प्रतिक्षापछि कपिल शर्मा छिट्टै नै आफ्नो नयाँ कमेडी शो लिएर आउँदै छन् । 

उनले नयाँ शो सुरु गर्ने घोषणा गरिसकेका छन् । शो को टिजर पनि सार्वजनिक भइसकेको छ । कपिल शर्माको यो शो को नाम  ‘द कपिल शर्मा शो’ नै हुनेछ । आफ्नो एक शो ब्रेक भएपछि उनले पुरानो शो कै नयाँ सिजन लिएर आएका हुन् । 

null

नयाँ शोको टीजरमा कपिल शर्मा एकै पटक मात्रै झुल्किएका छन् । यस पटक टीजरमा आम सर्वसाधारण र परिवार देखाइएको छ । शो को तारीख भने निश्चित भइसकेको छैन । यद्यपी यो भनिएको छ कि, शो २३ डिसेम्बरदेखि सुरु हुन सक्नेछ । 

कपिल शर्माको नयाँ शो को निर्माता सलमान खान रहेका छन् । कपिल शर्माको कमेडियन शो ‘द कपिल शर्मा’ शो जब सकियो, त्यसपछि उनले ‘फ्यामिली टाइम विथ कपिल’ नामक एक शो शुरु गरे । तर लगातारको बिरामी र शुटिंग क्यान्सिल भएका कारण शो नै बन्द गरिएको थियो । यसपछि कपिल शर्मा डिप्रशनको शिकार भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *