सबैलाई उछिन्दै शृंखला अग्र स्थानमा

काठमाडौं, ६ मंसिर । हरेक वर्ष हुने मिस वर्ल्ड प्रतियोगितामा यस पटक भने नेपालीकी चेली श्रृंखला खतिवडाले प्रतिस्पर्धा जित्ने सम्भावना बढेको छ । ६८ औं मिस वर्ल्ड प्रतियोगितामा मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा श्रृंखलाले भारी भोटले अग्रता हासिल गरेकी छन् 

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड २०१८ को विभिन्न चरणको प्रतिस्पर्धामा नेपाली चेली शृंखला खतिवडा अग्रपंतिमा पुगेकी छिन् । श्रृंखला नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी भएकी हुन् । 

मिस वर्ल्डमा नेपालले हरेक वर्ष सहभागिता जनाए पनि हासिल भने केही पनि भएको थिएन । तर यो वर्ष भने श्रृंखलाबाट केही आशा पलाएको छ । 

null

 एक सय २१ देशका सहभागी सुन्दरीहरुलाई उछिन्दै शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी छिन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अग्र स्थानमा रहेकी छिन्। 

मिस वर्ल्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो श्रेणीमा रहेकी छिन् । उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्। 

दोस्रो नम्बरमा मिस रसिया रहेकी छन्। मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ । 

शालीन स्वभावकी उनी बौद्धिक पनि छिन् । श्रृंखलाको उचाइ पाँच फिट ७ इन्च रहेको छ । २३ वर्षीया श्रृंखला राजनीतिक परिवारमा जन्मेकी हुन् । श्रृंखलाई जिताउन आधिकारिक फेसबुक पेजमा आउने लाइक तथा कमेन्टले पनि महत्व राख्छ । यस्तै मिस वर्ल्डको अफिसियल वेबसाइट गएर पनि एक भोट गर्न सकिन्छ 

डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वर्ल्ड –२०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ । समिक्षकहरूले यसपटकको मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला अगाडि रहेको उल्लेख गरेका छन्। उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। । मिस वर्ल्डको काउन्ट डाउन सुरु भइसकेको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *