प्रेम सम्बन्धबारे बोल्दै कपिलले भने, ‘गिन्नीको बुवाले रिजेक्ट गरेका थिए’

मंसिर ११, काठमाडौँ । कमेडियन कपिल शर्माले विवाह भन्दा पहिले आफ्नो र गिन्नीसँगको प्रेम सम्बन्धबारे पहिलो पटक मिडियामा खुलेर बताएका छन् । 

उनले एक मिडिया हाउससँग कुरा गर्दै भने कि गिन्नीसँग उनी विवाह गर्दैछन् तर उनका बुवाले उनको विवाहको प्रस्ताव अस्वीकार गरेका थिए । यो प्रस्ताव उनकी आमाले गिन्नीको घरमा लिएर गएकी थिइन् । 

कपिल शर्मा र गिन्नीको भेट १३ वर्ष पहिले भएको थियो । ‘मैँले एचएमवी कलेज जालन्धरमा पढेँ । म स्कलरशिप होल्डर थिएँ र थिएटरका नेश्नल विजेता पनि’, कपिलले भने, ‘कुरा २००५ सालको हो, जब म आईपीजे कलेजमा पढ्दै थिएँ तब पकेट मनिको लागि प्ले डाइरेक्ट गर्थेँ । म विद्यार्थीको अडिसन लिनका लागि गिन्नीको कलेज गएँ । गिन्नी पनि अडिसन दिनका लागि आएकी थिईन् र यही हाम्रो पहिलो भेट हो । ’ 

null

त्यो समयमा गिन्नी १९ वर्षकी र म २४ वर्षको थिएँ । केटीहरुको अडिसनको समयमा गिन्नीबाट इम्प्रेस भएको थिएँ । मैँले उसलाई नै केटीको अडिसन लिन लगाइदिएँ । जब हामीले रिहल्सन सुरु गर्यौँ, तब उनी मेरो लागि खाना लिएर आउन लागिन् । मलाई लाग्यो कि यो सबै उनी मलाई रेस्पेक्ट दिनका लागि गरिरहेकी छिन् । गिन्नीले भनिन्, ‘कपिललाई देख्नेबित्तिकै लाईक गर्न थालेकी थिएँ । त्यसैले म उनको लागि खाना लिएर आउन थालेँ ।’ 

‘एउटा साथीले भन्यो कि गिन्नीले तिमीलाई लाईक गर्छिन् तर, मलाई विश्वास नै लागिरहेको थिएन । एक दिन म आफैँले गिन्नीलाई सोधेँ, के तिमी मलाई लाईक गर्छौ ? उनको जवाफ थियो गर्छु’, कपिलले भने । 

 

गिन्नीले कपिललाई एकदमै कम उमेरदेखि नै काम गर्दै आएको देखेकी थिईन् । उनीहरुबीच एकदमै राम्रो प्रेम बसिसकेको थियो । ‘म मुम्बई आएँ, अडिसन लिन । तर रिजेक्ट भएँ । मैँले गिन्नीलाई फोन गरेर भनेँ कि मलाई कहिल्यै कल नगर्नु । मैँले दोस्ती त्यागिदिएँ, किनकी यो दोस्तीमा कुनै भविष्य थिएन । उनी खान्दानी परिवारकी थिईन् । हाम्रो कास्ट पनि फरक थियो । यद्यपी फेरि अडिसन दिँदा म सेलेक्ट भएँ र गिन्नीले मलाई फोन गरेर बधाई दिईन’, कपिलले भने । 

गिन्नीले कपिल एकदमै केयरिङ्ग रहेको बताईन् । उनले कपिल जस्तो दोस्रो व्यक्ति नभएको भन्दै ऊ भन्दा राम्रो आफूलाई कोही मिल्नै नसक्ने बताईन् । 

कपिल र गिन्नीको विवाह १२ डिसेम्बरमा हुँदैछ । १४ डिसेम्बरमा विवाहको भव्य पार्टी दिनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *