विवादले घेरिए पनि सारा र सुशान्तको ‘केदारनाथ’  ट्रेलर सार्वजनिक

मुम्बई, कात्तिक २७ । नायक सैफ अली खानको छोरी सारा अली खानको पहिलो फिल्म ‘केदारनाथ’ को चारै तिर विवादले घेरिएर पनि अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा साराको जोडी सुशान्त सिंह छन् । 

यस फिल्मले हिन्दूको भावनामाथी ठेस पुर्याएको उत्तराखण्डमा केदारनाथका तीर्थ पुरोहितहरुले आरोप लगाएका छन् । यस फिल्ममा नायक मुस्लिम हुन्छन्, जसको हिन्दू युवतीसँग प्रेम हुन्छ । 

अभिषेक कपूरले निर्देशन गरेको सो फिल्म ७ डिसेम्बरमा रिलिज हुने भनिए पनि हाल यो फिल्म विवादले घेरिएको छ । फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत काटेका छन् । 

null

यस फिल्मको कहानी केही वर्ष अगाडि केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई लिएर बनार्इएकाे छ । भने सो विपत्तिमा ठूलो संख्यामा श्रद्धालुहरुको मृत्यु हुन्छ । दुर्घटनासँग जोडिएको कयौं दृश्य फिल्मको ट्रेलरमा देखाइएको छ । 

 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *