आइटम गर्ल राखीले यी व्यक्ति सँग बिहे गर्दै

मुम्बई । बलिउडमा यतिबेला विवाहको खुबै ठूलो माहोल रहेको छ । केही समय अगाडी मात्र विवाह बन्धनमा बाँधिएका रणविर सिंह र दिपिका पादुकोणको विवाहको पार्टी चल्दैछ । 

 

अमेरिकी गायक निक जोनसँग इन्गेज्मेन्ट गरसकेकी अभिनेत्री प्रियंकाको पनि नोभेम्बर २९ देखि विवाहको सुरु भइसकेको छ ।अब फेरी आइटम गर्ल राखी सावन्तको पनि बिहे हुने भएको छ । राखी र उनको हुनेवाला श्रीमान दिपक कलाले आ आफ्नो फेसबुक र इन्स्टाग्रामबाट विवाहको कार्ड सेयर गरेका छन् । 

null

कार्डमा उल्लेख भएअनुसार उनीहरुको विवाह ३१ डिसेम्बरमा हुने बताइएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय रहेका उनीहरु यतिबेला चर्चामा रहेका छन् ।  त्यस्तै बलिउडमा कपिल शर्मा र प्रेमिका गिन्नी ले पनि बिहे गर्न लागेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *