बिरामीको मोजा सुँघेर मलेरिया पत्ता लगाउने कुकुर

कात्तिक १५ । लेब्राडोर कुकुरहरु मलेरियाका बिरामीहरुको  कपडा र रातभरी लगाएको मोजा सुँघेर पत्ता लगाउँछन् । 

यसका लागि भने उनीहरुलाई प्रशिक्षणको आवश्यक पर्दछ । लण्डनको डरहम यूनिभर्सिटीका खोजकर्ताहरुले एक अध्ययनपश्चात् यो कुराको दाबी गरेका हुन् । 

मलेरिया संक्रमित रोगीको छाला र श्वासबाट विशेष खालको दुर्गन्ध आउँछ । यसलाई सुँघेर कुकुरहरु मलेरियाको पहिचान गर्छन् । 

null

यसअघि २०१५ मा इटालीका एक वैज्ञानिकले जर्मन शेफर्ड नस्लका कुकुरहरुले यूरिन स्याम्पल सुँघेर बिरामीमा प्रोस्टेट क्यान्सर पत्ता लगाउन सक्षम भएको दाबी गरेका थिए । 

यसमा ९० प्रतिशत सफलता मिलेको थियो । उक्त अध्ययन अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक बैठकमा पेश गरिएको थियो । रिसर्च कार्यक्रममा विल एण्ड मेलिन्डा गेट्स फाउण्डेसन पनि सहभागी थियो । 

अनुसन्धान समयमा ग्याम्बिया स्कूलका बच्चाहरुमा मलेरियाको लक्षण देखिएको समयमा रातभरी नाइलनको मोजा लगाउन र रगतको नमूना दिन भनिएको थियो । 

कुल १७५ नमूना लिइयो । १४५ स्वस्थ बच्चाहरुको पनि मोजाको नमूना लिइयो । यो नमूना लण्डन पठाइयो । त्यहाँ प्रशिक्षित भनिएको दुई कुकुरहरु (लेब्राडोर) ले मोजा सुँघेर ३० बच्चाहरुमा मलेरिया भएको पुष्टि गरेको थियो । परिक्षणमा ७० प्रतिशत नतिजा सहि पाइयो । 

‘मोजा बाहेक अर्को वस्तुको पनि अनुसन्धानमा समावेश गर्नु आवश्यक छ । यो प्रयोग अरु देशमा अलग–अलग तरिकाले मलेरियाबाट ग्रसित बिरामीहरुमा पनि गरिनेछ । कयौँ देशहरु मलेरियाको पूर्ण रुपमा अन्त्य गर्न सफल भएका छन् । हाल श्रीलंका मलेरिया मुक्त देश हो,’ डरहम यूनिभर्सिटी लण्डनका डा. स्टीवन लिन्डेसले भने । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *