भ्वाइस अफ नेपालः शुसिल र सप्तक सेमिफाइनलमा

मंसिर १०, काठमाडाैं । १२ हजार डिजिटल अडिसन मध्येबाट १०८ ट्यालेन्ट ब्लाइन्ड राउन्डमा समावेश भएका थिए । २६ औ श्रृखंलासम्म आइपुग्दा ट्यालेन्टहरु सेमिफाइनलको लागि प्रतिस्पर्धा गरिरहेको छन । 

शनिबार र आइतबारको २६ औ श्रृखंलामा नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा निकै चर्चित युवा संगितकार अर्जुन पोख्रेल अतिथिको रुपमा देखिए । १५ भन्दा बढि सांगितिक अवार्ड समेत प्राप्त गरेका अर्जुनले द भ्वाइस अफ नेपालको मञ्चमा निकै लोकप्रिय गित “म यस्तो गित गाँउछु” प्रस्तुत गरेका थिए। उनले भ्वाइस अफ नेपालका प्रतिष्पर्धीहरूकाे खुलेर प्रशंसा गरे । 

 

null

अाइतबारको श्रृखंलामा टिम दिपबाट स्वेच्छा ठकुरी, बिबेक बाइवा लामा र टिम अभायाबाट शेर्या राई र बिबेक लामाले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए । साथै आफना ट्यालेन्टको हौसला बढाउनको लागि कोच दिप र कोच अभायाको पनि बेजोड प्रस्तुति देखियो । 

अघिल्लो शृखंलामा टिम प्रमोद र टिम सनुपबाट दुई दुई जनाले आफ्नो प्रस्तुति दिएका थिए । जसमध्ये दर्शकहरुको भोटिङ्गको आधारमा टिम प्रमोदबाट शुसिल गड्तौला र टिम सनुपबाट सप्तक दुध्रराज सेमिफाइनलमा प्रवेश गरेका छन । भने, आशिष गुबाजु र सन्तोष राना मगरको द भ्वाइस अफ नेपालको यात्रा समाप्त भएको छ । 

आफनो मनपर्ने ट्यालेन्टलाई जिताउने मौका अब दर्शकको हातमा छ, त्यसैले भोटिङ्ग गर्नुस अनि आफनो मनपर्ने ट्यालेन्टलाई बनाउन सक्नु हुने छ । नेपालको पहिलो स्वर जसको स्वर नै पहिचान बन्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *