आखिर केको लागि ?’ लोकार्पित

कात्तिक, १८ काठमाडौँ । १७ गते शनिबारका दिन गीतकार रविन बान्तवा खाहोङ राईद्धारा लिखित तथा सङ्गीतकार डा. शरद सिन्हाद्धारा सङ्गीतकार डा. शरद सिन्हाद्धारा सङ्गीतबद्ध गीतहरूको एल्बम ‘आखिर केको लागि ?’ लोकार्पण गरियो । राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ सङ्गीत  साधक तथा गायक प्रेमध्वज प्रधानले उक्त एल्बमको लोकार्पण गरेका हुन् ।  

लोकार्पणपश्चात् बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानले आफ्नो समय र अहिलेको समयमा गीतसङ्गीत विधामा निकै परिवर्तन आएको उल्लेख गर्दै शब्द, सङ्गीत र गायन सबै दृष्टिकोणबाट ‘आखिर केको लागि ?’ एल्बम उत्कृष्ट रहेको दाबी गरे । कवि तथा गीतकारद्धय भूपाल राई र हेमकुमार लाओतीले रविनका गीतहरूमा काव्यिक गुण भरपूर पाइने बताउँदै जीवनका विविध पक्षमाथि रविनले लेखेको गीत परम्पराभन्दा पृथक रहेको धारणा राखे । सङ्गीतकार राजु सिंहले डा. सिन्हाको सङ्गीत अब्बल रहेको बताए । कार्यक्रममा राकेश खालिङ र पवन राईले एल्बमभित्रका दुई दुई गीत गाएर सुनाएका थिए ।  

 

null

कार्यक्रममा एल्बमका सङ्गीतकार सिलगुढीका डा. सिन्हाले ‘आखिर केको लागि’ एल्बम हङकङबासी गीतकार रविन, सिलगुढी बस्ने आफूका साथै नेपाल, दार्जिलिङ र सिक्किमका गायकहरूको सहकार्यको सुन्दर नमूना भएको बताए । उनले सङ्गीत संयोजन कलकत्ता र मिक्सिङ चेन्नईमा भएको पनि सुनाए । 

एल्बममा ‘आखिर केको लागि’, ‘मन दुखाउनेलाई’, ‘खुल्ल आकाश ओढेर’, ‘अल्लाहको नाम भजेर,’ र ‘भीडमा हराएँ’ बोलका पाँच गीत समाविष्ट छन् । जसमा क्रमशः ज्ञान सुब्बा, रविन शर्मा, राकेश खालिङ, पुष्पण प्रधान र पवन राईका सुमधुर स्वर सजिएका छन् । एल्बममा सङ्गीत संयोजन सुमित विश्वकर्माले गरेका छन् । एल्बमको बजार व्यवस्थापन सुरप्रभा गीत सङ्गीत प्रा.लि.ले गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *