आजबाट विश्वका १० हजार भन्दा बढीहलमा ‘२.०’

 मंसिर १३, काठमाडौँ । आजबाट बलिउड सुपरस्टार जरनीकान्त र अक्षरकुमारद्धारा अभिनित हिन्दी फिल्म २.० विश्वभरका १० हजारभन्दा बढी हलमा प्रदर्शनमा आएको छ । 

 

शंकरको निर्देशनमा तयार भएको यो फिल्म बलिउड फिल्म उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ । प्रदर्शनमा आए लगतै यस फिल्मको सामाजिक संजालमा निकै चर्चा बटुलेको छ । 

null

यो चलचित्र बनाउननै झण्डै ४ बर्ष लागेको थियो ।  ४ सय करोड भन्दा  बढीको बजेटमा बनेको यो फिल्म विश्वभर उच्च व्यापार गर्न आवश्यक रहेको छ । 

२ घण्टा २८ मिनेट लामो यो फिल्मले प्रदर्शन भन्दा अगाडी नै २ सय करोड कमाई गरेको थियो । २.० को सेटलाइट राइट्स (हिन्दी, तमिल र तेलुगु गरी) करिब ११० करोड रुपैयाँमा विक्री थियाे। 

एक सञ्चारमाध्यमको रिपोर्टअनुसार थिएट्रिकल राइट ८० करोड रुपैयाँमा विक्री भएको थियो । यसरी फिल्मले प्रदर्शन अगावै  झण्डै सय करोड कमाइ गरिसकेकाे थियाे । 

यस फिल्ममा मुख्य भूमिका रजनीकान्त,अक्षय कुमार र नायिका एमी ज्याक्सनको रहेको छ । फिल्ममा रजनीकान्त नायक र अक्षयकुमार खलनायकको रुपमा देखा परेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *