दीप-वीरकाे विवाह तस्विरमा अनुष्काकाे यस्ताे ट्वीट..

कात्तिक ३०, काठमाडौँ । बलिउडका चर्चित स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह १४–१५ तारिकबाट विवाह बन्धनमा बाँधिएका छन् । 

इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो कसेका हुन् । 

नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी छन् । बिहीबार मात्र उनीहरुको विवाह मण्डपमा बसेको तस्बिर सार्वजनिक भएको हो । 

null

 

दीपिकाले विवाहको फोटो शेयर गरे लगत्तै सबैभन्दा पहिले अनुष्का शर्माले ट्वीट गर्दै बधाई दिएकी छिन् । उनले ट्वीटमा लेखेकी छिन्, ‘दुवै जनालाई खुशी मिलोस् र यात्रा सुन्दर रहोस् । दुवैबीच प्रेम र सम्मान सदा रहीरहोस् ।’  

त्यस्तै मुम्बई स्थित रणबीर दीपिकाको बंगलालाई दुलही झैं सजाइएको छ । 

 

दीपिका पादुकोणको घरलाई बत्तीले पूरै सजाइएको छ भने रणबीर सिंहको घर पनि नयाँ दुलहीको स्वागतका लागि पूर्ण तयार छ । बंगलाभरी रंगीबिरंगी बत्ती राखिएका छन् । रणबीर जुन बिल्डिङमा बस्दथे त्यसको पूरा फ्लोर खरिद गरेका छन् । 

दीपिकाको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको तस्बिरले एक घण्टामा तीस लाख बढी लाइक पाएको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *