सुश्री सम्पत्तिको ट्रेलर सार्वजनिक

सिनेमा सुश्री सम्पक्तिको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । सुब्रत राज आचार्यको निर्देशन रहेको सुश्री शुक्रबार साँझ युट्युब च्यानल ओ एस आर डिजिटलमार्फत ट्रेलर सार्वजनिक गरिएको छ । 

कुनै पनि कार्यक्रमको आयोजना नगरी सिनेमाको ट्रेलरलाई सिधै युट्युबमार्फत प्रिमियर गरिएको हो । । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरु अटेका छन् ।  

‘सुश्री सम्पत्ति’ मा  सलोन बस्नेत, सारा सीपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरी,  राजाराम  पौडेल,  जयनन्द लामा,  विसारद बस्नेत,  सुनिता श्रेष्ठ ठाकुर, प्रेमवर्षा खड्का, रोशनी कार्की, कमल देवकोटा र सन्तोष खनालको मुख्य भूमिका रहेको छ । सिनेमामा अभिनेत्री प्रियंका कार्कीले विशेष भूमिका निर्वाह गरेकी छिन् । 

null

सिनेमामा राजन ईशानको ब्याकग्राउण्ड स्कोर, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन छ ।  

सिनेमालाई  विज्ञान राई, नुनम सुब्बा र रमन सिलकरले संयुक्त रुपमा निर्माण गरेका हुन् । राहुल ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता भने रमेश त्वयना हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *