डुब्यो ठगको जहाज, अभिनयबाट विश्राम लिँदै आमिर खान !

कात्तिक २८, काठमाडौँ । दिपावलीको अवसर पारेर रिलिज गरिएको  ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा असफल सावित भैसकेको छ । 

फिल्मले सुरुकोे दिनमा ५२ करोड कमाएर राम्रो ओपनिङ गरेको थियो तर दोस्रो दिन त्यो रेकर्ड कायम गर्न सकेन । 

समिक्षक र दर्शकको नकारात्मक प्रतिक्रियाले आमिरको फिल्मको व्यापार मात्र खस्केको छैन उनको करियरमा समेत ठेस पुगेको छ । पहिलो दिनमा सर्वाधिक कमाएर चर्चामा चुलिएको अमिताभ बच्चन र आमिर खानको स्टारडम रहेको फिल्मको बक्स अफिसमा हालत खराब बन्न पुग्यो । 

null

फिल्ममा समुन्द्रको युद्धलाई भव्य तरिकाले देखाइएको थियो । तर भारतमा ठगहरुको यो समुन्द्रि लीला आशाको जहाजसँगै डुब्यो । पाँचौँ दिनमा फिल्मले करिब ५.५० करोडको मात्रै व्यापार गर्यो । 

विजय कृष्ण आचार्यले निर्देशन गरेको चलचित्रमा पहिलो पटक अमिताभ र आमिरको जोडी देखाइनुका साथै कटरिना र फतिमा सना शेख जस्ता बलियुडका ताराहरु पनि राखिएको थियो । तर पहिलो दिनको शो पछि बक्स अफिसमा ठग्स अफ हिन्दूस्तानको जहाज छेद भयो । त्यो दिनपछि फिल्म डुब्दै गयो । 

 

भारतीय फिल्म इतिहासमा महंगो बजेटमा बनाइएको फिल्मको साथ यस्तो कहिल्यै भएको छैन । फिल्मको कमाई १५० करोड पुग्न पनि मुश्किल भयो । 

यो वर्षमा ठग्स अफ हिन्दूस्तान नै पहिलो फिल्म हो, जसले बक्स अफिसमा लगातार गिरावटको रेकर्ड बनायो । 

सामान्यतया फिल्मको कमाई शुक्रबार भन्दा शनिबार अध्यधिक हुने गर्दछ । तर ठग्स अफ हिन्दूस्ताको मामिलामा यो पनि उल्टो भएको छ । 

 

भारतिय मिडियाका अनुसार आमिरले पहिला नै फिल्ममा केहि गडबड छ भन्ने महसुस गरिसकेका थिए, त्यसैले उनले फिल्मको धेरै ठुलो प्रमोशन पनि गरेनन् । 

आमिर खान अभिनयमा ब्रेक लिदै छन् भन्ने खबरले भारतीय मिडिया छाएको छ । अब उनी अभिनयमा भन्दा पनि फिल्म निर्माणमा केन्द्रित रहनेछन् । उनी छिट्टै नै आफनो ड्रीम प्रोजेक्ट ‘महाभारत’ को सुटिङ सुरु गर्दैछन् । यो फिल्ममा आमिर निर्माताको रुपमा रहने छन् । फिल्ममा उनको अभिनय हुन्छ कि हुदैन भन्ने कुरा अन्यौल रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *