समर लभको टिजर सार्वजनिक (भिडियो सहित)

मंसिर १०, काठमाडाैँ । नेपालमा कृतिमा आधारित फिल्महरु केहि मात्र बनेको छ । यस्तैमा सुबिन भट्टराईको बहु चर्चित उपन्यास समर लभमा आधारित फिल्म समर लभको टिजर सार्बजनिक भएको छ । समर लभकाे प्रदर्शन मिति माघ २५ गते अर्थात भ्यालेन्टाइन डे को दिन तोकिएको छ। 

 

साे फिल्ममा सायाको भूमिका रेवती क्षेत्रीले र अतितको भूमिका आशिष पियाले निभाएका छन् । यी दुबैको यो डेब्यु फिल्म हो। 

null

समर लभ नाइटिङ्गल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएकाे  हो । उक्त  चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन्  भने  फिल्ममा पुष्पन प्रधानको शब्द तथा संगीत, सामिप्यराज तिमिल्सिनाको पटकथा, सुविन भट्टराइको कथा रहेको छ 

फिल्ममा मुख्य कलाकारहरुको रुपमा मा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा रहेका छन् । सार्बजनिक टिजरमा मुख्य अभिनेत्री रेवती क्षेत्री एक सिनमा न्युड देखिएकी छन् । त्यस्तै अन्य चुम्बन गरिरहेका केहि दृश्य पनि उक्त्त टिजरमा राखिएको छ ।  टिजरमा प्रेम,रोमान्स, बिछोडका पिडाहरु समावेश गरिएको छ । 

सुबिनको कथालाई सामीप्यराज तिमल्सिनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, संजय लामाको डीओपी (डिरेक्टर अफ फोटोग्राफी) छ । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेकाे छ । 

हेनुहाेस् भिडियो  

https://youtu.be/jXt-cY8lKXw 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *