राष्ट्रपतिको गाडीमाथि ‘माग्नेबुढा’ को व्यंग्य, ‘मुन्द्रे’ को यस्ताे सुझाव

मंसिर ५, काठमाडौँ । ‘राष्ट्रपतिलाई १८ करोडको विलासी गाडी’ भन्ने विषयले अहिले सामाजिक सञ्जाल तातेको छ । यसको पक्षमा भन्दा पनि विपक्षमा बढी सवाल–जवाफ भइरहेका छन् । 

यसै सन्दर्भमा नायिका रेखा थापाले यो लगानीले देशलाई के दिन्छ भन्दै राष्ट्रपतिसामु प्रश्न तेर्साएकी थिइन् । 

यसैक्रममा हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले पनि राष्ट्रपतिसामु कडा व्यंग्य सहितको पोष्ट सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । 

null

 

उनले लेखेका छन्, ‘घरमा सबैलाई पुग्ने चामल नै छैन भने महंगो कसौंडी किन किन्ने ? विलासी गाडी’ 

त्यस्तै अर्का हास्य कलाकार जितु नेपालले पनि व्यंग्य हानेका छन् । ‘१८ करोडमा दुई चार करोड थपे त हेलिकप्टर नै आउँथ्यो नि । सडक जाम पनि नहुने, यत्ति कुरा पनि मैँले सम्झाउन पर्ने ! कठै कति सिधा सरकार !’ उनले लेखका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *