‘ठग्स अफ हिन्दुस्तान’ को हालत खराब !

कात्तिक २५, काठमाडौँ । दीपावलीको मौकामा प्रदर्शनमा आएर अत्यधिक कमाइको संकेत दिएको ‘ठग्स अफ हिन्दुस्तान’ को हालत खराब भएको छ । यस चलचित्रको कमाइ हरेक दिन खस्किँदो छ । 

प्रदर्शनमा आएको पहिलो दिन नै राम्रो कारोबार गरेर बक्स अफिसमा कीर्तिमानी कायम गरेको ठग्स अफ हिन्दुस्तानको अवस्था दास्रो, तेस्रो दिन गर्दै ओरालो लागेको हाे । 

पहिलो दिन ५२ करोड भन्दा बढीको कारोबार गरेर पहिलो दिनमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको ठग्स अफ हिन्दुस्तानको दोस्रो दिनको कारोबार खस्किएको हो । 

null

दोस्रो दिन यसले मात्रै २९ करोडको कारोबार गरेको हो । समीक्षक र दर्शकबाट नकारात्मक प्रतिक्रिया आएपछि चलचित्रको कारोबारमा असर परेको हो । तीन दिनमा यो फिल्मले १ सय पाँच करोड रुपैयाँको कारोबार गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *