अनौठो आश्रम जहाँ पत्नीपिडित पुरुषहरु बस्ने गर्छन्

हामीले धेरैले महिला हिंसा बारेमा सुनेको छौ तर पुरुष हिंसा बिरलै हुन्छ । लोग्नेबाट हुने हिंसा वा अन्यखाले हिंसापीडित महिलाका लागि आश्रय गृह बनेका कुरा त सुनिएकै थियो । तर भारतमा चाहिँ पत्नीपीडित पुरुषका लागि आश्रम बनेको छ । 

यो अनौठो आश्रम महाराष्ट्रको औरंगाबादबाट १२ किलोमिटर टाढा शिरडी मुम्बइ हाइवे छेउमा यो आश्रम रहेको छ । उक्त आश्रममा धेरै पत्नीपीडित पुरुषहरु बस्ने गरेका छन् । जहाँ पत्नीपीडितका लागि आवश्यक सल्लाह, कानूनी लडाइँ लड्नका लागि सहयोग पनि उपलब्ध गराइन्छ । 

यो आश्रमभित्र थर्मोकोलबाट एउटा ठूलो आकारको कागको आकृति बनाइएको छ । हरेक बिहान तथा बेलुकी उक्त कागको पूजा गरिन्छ । आश्रममा बस्ने पत्नीपीडितहरुको मान्यता छ कि पोथी कौवा फूल पारेर उडेर जान्छ । तर भाले कौवाले अण्डा तथा बच्चाको पालन पोषण गर्दछ । यस्तै अवस्था पत्नी पीडित पुरुषहरुको हुने भन्दै उनीहरुले कौवाको मूर्तिमा पुजा गर्ने गरेका हुन् । 

null

यो आश्रमको स्थापना भारत फुलारे नामक व्यक्तिले गरेका हुन् । उनी स्वयं पत्नीपीडित हुन् । उनकी पत्नीले उनीमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरिराखेकी छन् । उनलाई भेट्न अहिले कोही पनि आफन्त आउँदैन । पत्नीबाट पीडित भइरहेको बेला उनले अरु चारजना आफूजस्तै व्यक्तिहरुसँग भेट गरे । त्यसपछि उनीहरु पाँचजना मिलेर यो आश्रम खोलेका हुन् । सन् २०१६ को पुरुष अधिकार दिवसको दिन आश्रमको सुरुवात गरिएको हो । 

१२ सय वर्गफिटमा यो आश्रम बनेको छ । आश्रममा ३ वटा कोठा रहेका छन् । आश्रममा बस्ने मानिस सामुहिक रुपमा बस्दछन् र आफ्नो खाना आफै बनाउँछन् । सल्लाह लिन आउने हरेक मानिसलाई खिचडी बनाएर खुवाइन्छ । हरेक शनिवार तथा आइतबार पत्नी पीडितहरुलाई परामर्श सेवा दिइन्छ । यो आश्रममा सुरुमा केवल नजिकका सहरका पुरुषहरु आउने गरेका भएपनि अहिले छत्तिसगढ, गुजराँत, कर्नाटक, आन्ध्र प्रदेश लगायतका राज्यमा मानिसहरु पनि आउने गरेका छन् । 

यो आश्रममा बस्ने योग्यताका लागि पत्नी पीडितहरुका केही मापदण्ड तोकिएको छ । जस अनुसार पत्नीद्वारा कम्तीमा २० मुद्दा दायर भएका, पत्नीले मुद्दा हालेपछि नोकरी गुमाएका, पत्नीलाई मानाचामल भर्न नसक्दा जेल परेर छुटेका, अर्को बिहे गर्ने मन नभएका र आफ्नो योग्यता अनुसारको काम गर्ने जाँगर भएका पुरुषहरुले मात्र यो आश्रममा बस्ने ठाउँ पाउँदछन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *