खाशोग्गी हत्याबारे टर्कीले भन्यो– शवलाई टुक्राटुक्रा पारी नष्ट गरियो

कात्तिक १५ । साउदी पत्रकार जमाल खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे टर्कीले पहिलो पटक आधिकारिक बयान दिएको छ । टर्कीका अनुसार खसोग्गी दूतावास प्रवेश गरेलगत्तै उनको घाँटी थिचेर हत्या गरियो । 

अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको उक्त हत्याबारे थुप्रै हप्तासम्म मिडियामा विभिन्न अड्कलबाजीपछि टर्कीले यस्तो बयान दिएको हो । यद्यपी, यो दाबीमा टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन । 

टर्कीको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘पहिले नै बुनिएको योजना अनुरुप जमाल खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेलगत्तै घाँटी थिचेर हत्या गरियो ।’ 

null

यसमा भनिएको छ, ‘त्यसपछि पूर्वनियोजित तरिकाले उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।’ 

खसोग्गी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्ना देशको शासकका कडा आलोचकको रुपमा परिचित थिए । 

उनको शव अहिलेसम्म फेला पार्न सकिएको छैन तर टर्की, अमेरिका र साउदी अरबले उनको हत्या साउदी वाणिज्य दूतावासभित्रै भएको ठोकुवा गरेका छन् । 

यसअघि टर्कीका एक अधिकारीले आफूहरुसँग खशोग्जीको हत्याको अडियो, भिडियो प्रमाण रहेको दाबी गरेका थिए । टर्कीका मिडियाहरुमा छ । 

अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो । 

साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूतावासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उनकोक हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन । 

एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *