रूसमाथि थप प्रतिबन्ध लगाउने

२०७५ मंसिर १२ गते

एजेन्सी । पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने भएकाे छ ।
चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गर्नुभएका करिन नेइसलले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने बताए । उनले भने “सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ ।”
अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीसँग भने, सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहनेछ । “तर प्रतिबन्धबारे पुनः मूल्याङ्कन हुनु पर्ने देखिएको छ ।”
null
रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएको छ ।

२०७५ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित