भारतीय अदालतले भन्यो, रणवीर–दीपिकाकाे विवाहदर्ता हुन सक्दैन

 

मंसिर १३, काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण १४ नोभेम्बरमा इटालीको कोमो शहरको एक रिसोर्टमा विवाह बन्धनमा बाँधिइसकेका छन् । तर उनीहरुको विवाह दर्तामा समस्या देखिएको छ । 

भारत भन्दा बाहिर जुनसुकै देशमा विवाह गर्दा विदेशी विवाह अधिनियम, १९६९ को प्रावधान अनुसार त्यहाँको देशमा दूतावासको लिखित जानकारी दिनुपर्ने हुन्छ, तर जानकारी दिइएन । 

null

मंगलबार अम्बला शहर निवासी पञ्जाव एवम् हरियाणा उच्च अदालतका वकिल हेमन्त कुमारले इटालीस्थित भारतीय दूतावासको आरटीआइको जवाफ दिएपछि यसको खुलासा भएको हो । 

 

नियमअनुसार अब उनीहरुको विवाह दर्ता विदेशमा मात्र होइन भारतको कुनै पनि राज्यमा हुन सक्दैन । 

अक्टोबरमा भारतीय दूतावासबाट आरटीआइमा सोधिएको थियो कि, रणवीर र दीपिकाको प्रस्तावित विवाह भारतीय संसदद्वारा बनाइएको आफ्नो देशका नागरिकले विदेशमा गएर विवाह गर्ने मनसाय बनाएको छ भने विदेशी विवाह अधिनियम, १९६९ को प्रावधान अन्तर्गत सम्पन्न हुँदैछ ? दुवै पक्षले औपचारिकता पुरा गरेका हुन् कि होइनन् ? तर उनीहरुले यस्तो कुनै औपचारिकता पुरा गरेको पाइएन । 

विदेशी विवाह अधिनियम अनुसार यदी कोही पनि भारतीय दोस्रो देशमा गएर विवाह गर्छन् भने त्यहाँको दूतावासमा विभिन्न किसिमको औपचारिकता पूरा गर्नुपर्ने हुन्छ । दूतावासमा विवाह गर्ने केटा र केटीको दस्तावेजको फाइल सहित विवाहको कार्ड पनि दिनुपर्ने हुन्छ । 

यदी यो औपचारिकता पुरा गरिएन भने विवाह गर्ने जोडीको विवाह दर्तामा विभिन्न किसिमको समस्या आउँछ । त्यसैका लागि उनीहरुले फेरी विवाह गर्नुपर्ने हुन्छ । 

त्यस्तै विराट कोहली र अनुष्का शर्माको पनि विवाह दर्ता भएको छैन । उनीहरुले यसै वर्ष १४ जनवरीमा इटालीमा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *