अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा शाहरुख खान

अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा शाहरुख खान देखिने भएका छन् । फिल्मको नाम पहिले सेल्यूट राखिएको थियो । फिल्मको सूटिङ २०१९ फ्रेबुअरीबाट शुरु हुनेछ । 

अहिले शाहरुख खान आफ्नो आउँदो फिल्म जिरोमा केन्द्रित छन् । किनकी जिरो उनको करिअरको सबैभन्दा महंगो फिल्म हो । 

शाहरुख खानको फिल्म ‘सारे जहाँ से अच्छा (सेल्यूट)’ को प्रोड्युसर सिद्धार्थ राय कपुर हुन् भने फिल्मका निर्देशन महेश मथाईले गर्नेछन् । यो चलचित्रको अफर सबैभन्दा पहिले आमिर खानलाई आएको थियो । उनैले शाहरुख खानलाई राख्न निर्मातालाई अह्राए । 

null

निर्माताले पनि शाहरुखलाई नै लिएर चलचित्र बनाउने निर्णय गरे । त्यसपछि शाहरुख खानले आफ्नो फिल्म जिरो आएपछि मात्र उनी अर्को चलचित्रको घोषण गर्ने बताएका छन् । चलचित्र अर्को वर्ष रिलिज हुने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *