अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, २५ जनाको मृत्यु

कात्तिक १४, अफगानिस्तान । अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । फाराह प्रान्तबाट हेरात जाँदै गरेको हेलिकप्टर दुर्घटना भएको हो । 

अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा चालकदलका सदस्यसहित २५ जनाको मृत्यु भएको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । 

विद्रोही समूह तालिबानले भने आफूहरुले हेलिकप्टर आक्रमण गरी खसालेको दाबी गरेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा सेनाका उच्च अधिकारी सवार रहेको बताइएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *