दसैँका कालजयी गीत, जसलाई कसैले जितेनन्

कार्तिक २ । दसैँको समयमा दर्जनौ गीतहरु आइरहेका छन् । कति कालजयी छन् । कति आउन नपाई हराएका छन् । यस्ता केही गीतहरु छन्, जसलाई हालसम्म आएका सयौँ गीतले जित्न सकेका छैनन् । 

यूट्युबमा सार्वजनिक हुने गीतहरू रेडियो र टेलिभिजनमा पनि बज्छन् । तर पनि रेडियो टेलिभिजनमा दशैंका पुराना केही गीतकै दबदबा बढी देखिन्छ । नयाँ गीतले पुराना गीतलाई जित्नै सकेको छैन । पुराना गीतले नै कव्जा गरिरहेको छ । 

दशैंका केही यस्ता जुन कालजयी बनेर स्रोता, दर्शकको मुखमा झुण्डिएका छन् । जसलाई दशैंका सदावहार गीतका रुपमा लिन सकिन्छ । यी गीतहरुलाई जित्ने गीत हालसम्म आएका छैनन् । 

null

१) ‘नमुछे आमा दहीमा टीका …’  https://www.youtube.com/watch?v=qNKg8bJdkzY 

साहै्र मार्मिक गीत । यो गीतलाई जित्ने गीत सायदै होला । ‘नमुछे आमा दहीमा टीका …’ दशैं आउने बित्तिकै धेरैले सम्झिने कालजयी गीत सुन्दा जो कोहीको आँखा आँसुले भरिन्छ । यस गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेखेका हुन् । 

परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतले आज नेपालीको मर्म गाएको छ । नेपाली युवाहरुको परदेशीनु पर्ने बाध्यतालाई यस गीतले समेटिएको छ । छोरो विदेश भासिएको छ, ऊ दसैँमा आउन पाउँदैन । अनि उसले भन्छ, ‘नमुछे आमा दहीमा टीका….। 

व्यथाले गीतले शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएका थिए । पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । यस गीतलाई पछि प्रशान्त तामाङले पनि चलचित्रका लागि गाएका छन् । 

नारायण रायमाझीको संगीतमा कृष्णभक्तले रेकर्ड गराएपछि एकाएक चर्चामा पुगेको यो गीत दशैंका सदावहार गीतमध्ये सबैभन्दा मार्मिक गीत बनेको छ । 

२) ‘यसपालि त यस्तै भो आमा …’ 

यो गीत दसैँको अर्को कालजयी गीत हो । जनगायक जीवन शर्माले स्वर भरेको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीतले विदेश गएका छोराछोरीको पीडा बताएको छ । यस गीतमा दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह पोखिएको छ । 

जब छोरो विदेशमा पसिना बगाउँछ । दसैँ मुखमा आउँछ । गाउँघर छिमेकका विदेश गएका छोराहरु गाउँ फर्कन थाल्छन् । आफ्नो छोरो फर्कदैन । बूढी आमाले छोरालाई भन्छिन्, ‘दसैँमा आउँदैनस् बाबु ?’ छोराले भन्छ, ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउला है दसैँमा…।’ ज्यादै मार्मिक गीत हो यो दसैँको । यो गीत आज पनि कालजयी बनिरहेको छ । 

३) ‘फौजीको दशैं……’  

यो गीत पनि दसैँको कालजयी गीत हो । ‘फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार …’ बोलको गीत फौजीमा रहेका नेपालीको दशैंतिहारको सन्दर्भलाई समेटेर तयार गरिएको हो । यो गीत दशैंतिहारमा निकै बज्ने गर्दछ । दीपक कोइरालाले शब्दमा जगदीश समालले स्वर भरेका छन् । गीतमा गैरे सुरेशको संगीत रहेको छ । सुरक्षाकर्मीहरु दसैँमा पनि जनताको सुरक्षामा खटिएका हुन्छन् । उनीहरुलाई बिदा मिल्दैन । अनि भन्छन्, ‘फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार …’ गीतले दशैं र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा बोल्छ । यो गीतले ५ वर्षदेखि दशैं तिहारमा रेडियो टेलिभिजनमा स्थान पाउँदै आएको छ । 

४) ‘दशैं आयो….’  https://www.youtube.com/watch?v=IGEZtIOLOMQ 

यो गीत पनि कालजयी गीत हो । चलचित्र ‘मुग्लान’मा समावेश ‘दशैं आयो’ बोलको गीतले दशैंको मर्म बोकेको छ । लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा उदित नारायण झा र दीपा झाले स्वर भरेका छन् । परदेश गएको छोरा घर आउने दिन कुर्दै औंला भाँचेर पर्खिरहेको, घर छाडेका परदेशी फर्केपछि परिवार र आफन्तमा छाएको खुशी, आमाले छोरो आउने बाटो कुर्ने वर्णन, जमरा, रातो टीकादेखि गाउँघरमा पिङ खेलेका कुरा गीतमा समावेश गरिएको छ । 

त्यति मात्र होइन, गीतमा निधारमा रातो टीका र कानमा सिउरिने पहेंलो जमराले दिने चमक र त्यसको महत्त्वलाई पनि गीतमा समेटिएको छ । गीतको भिडियोमा दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा लगायतको अभिनय छ । 

५) ‘दशैं नै हो कि यो मेरो दशा….’  

योगेस्वर अमात्यको स्वरमा ‘दशैं नै हो कि यो मेरो दशा’ बोलको गीत पनि उत्तिकै मर्मस्पर्शी छ । प्रेम बस्नेतको शब्द, न्ह्यू बज्राचार्यको संगीतमा बजारमा आएको यो गीत करीब २ दशक अगाडि रेकर्ड भएको गीत हो । 

निम्न आयस्रोत भएका परिवारलाई दशैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको तीतो यथार्थ गीतले बोलेको छ । यो गीत हरेक वर्षको दशैंमा रेडियो तथा टेलिभिजनमा पटक–पटक गुञ्जिँदै आएको छ । एउटा नेपाली गरिबीले पिल्सिएको छ । दसैँ आउँछ । छरछिमेका मासुभात पाक्छ, नयाँ नाना आउँछ । तर एउटा गरिब नेपालीको घरमा के हुँदैन । त्यति बेला लाग्छ उसलाई ‘दशैं नै हो कि यो मेरो दशा….।’ यो गीत पनि कालजयी गीत बनेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *