नायिका मौनीले बच्चाहरुको बोलाउँदा बेवास्ता गरिन्

मुम्बई फिल्म फेस्टिवल–२०१८ का तर्फबाट ‘वुमन इन फिल्म’ ब्रंच राखिएको थियो । यो अवसरमा टेलिभिजन शो ‘नागिन’ मा मुख्य भूमिका निर्वाह गरेर चर्चित भएकी मौनी राय पनि उपस्थित थिइन्। मौनीले पहेँलो रङको आउटफिट लगाएकी थिइन्। ब्रंचपछि हतार हतार बाहिर निस्किइन् जब मौनी ब्रंचबाट बाहिर निस्किइन् तब केही गरिब बालबालिका मौनीलाई बोलाउन थाले। मौनीले आफूलाई बोलाएको सुनेपछि पछाडि फर्केर हेरिन् पनि । 

तर फेरि उनी हतार हतार आफ्नो कारमा गएर बसिन् कार नजिकै फोटोग्राफरले उनलाई बोलाए । उनी रोकिइन् र केही पोज पनि दिइन् अनि कारभित्र पसेर सिसा बन्द गरिन् योबीचमा उनलाई ती बालबालिकाले लगातार दिदी दिदी भन्दै बोलाइरहेका थिए । तर उनले ती बालबालिकालाई वास्ता नै गरिनन् । 

मौनीले यही वर्ष अक्षय कुमार स्टारर फिल्म ‘गोल्ड’ बाट बलिउडमा डेब्यू गरेकी छन्। यो फिल्ममा उनी अक्षयकी श्रीमतीको भूमिकामा देखिएकी छन्। गोल्ड पछि मौनी अमिताभ बच्चन, रणबीर कपुर र आलिया भट्ट अभिनित फिल्म ब्रम्हास्त्र मा पनि देखिने छिन् । एजेन्सी 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *