अर्लामसँग किन डराउँछिन् दीपिका ? यस्तो छ रहस्य:

कात्तिक ७, काठमाडौँ । डिप्रेशन र हेरेसमेन्टबारे अब भारतका अधिकांश मानिसहरु खुलेर बोल्न थालिसकेका छन् । यसमा दिपिका पनि जोडिएकी छन् । 

केही समय अघि सञ्चार माध्यममा आएको एउटा भिडियोमा दीपिकाले रुँदै भनेकि थिइन्, ‘म खाली सुत्न चाहन्थेँ । त्यो मेरो बचाउको तरिका थियो । हरेक दिन मलाई उठ्नु थियो । काममा जानु थियो । हरेक दिन नयाँ चुनौति थियो । तर म मात्र सुतिरहन चाहन्थेँ, उठ्नु नै थिएन । मलाई एक शान्त ठाउँ खोज्नु पर्थ्यो, जहाँ म रुन सकुँ । अझैसम्म पनि मलाई अर्लामदेखि डर लाग्छ ।’ 

एक पछि अर्को सुपरहिट चलचित्र दिँदै आएकी अभिनेत्री दीपिका पादुकोणले केही वर्ष पहिले आफू डिप्रेशनको शिकार भएको खुलाशा गरेकी थिइन् । अब उनी डिप्रेसनसँग जुधिरहेका मानिसहरुलाई सहयोग गर्न चाहन्छिन् । 

null

यसका लागि दीपिकाले एउटा संस्था पनि खोलेकि छिन् । हाल यस संस्थाको लागि उनी कयौँ डाक्टर र मनोवैज्ञानिकको साथमा काम गर्दै आइरहेकी छिन् । 

भारतमा अझै पनि मानसिक स्वास्थ्यसम्बन्धि जागरुकताको कमि रहेका कारण दीपिका यसै संस्था मार्फत् त्यस्ता हरेक मानिसहरुको सहयोग गर्न चाहन्छिन्, जो डिप्रेशनबाट ग्रसित छन् । 

दीपिका भन्छिन्, ‘डिप्रशनमा हुँदा दुनियाँलाई म ठिक छु भन्ने देखाउनका लागि मलाई हास्नुपथ्र्यो । म सधैँ अरुलाई आफू खुशी भएको देखाउन चाहन्थेँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *