कपिल शर्माले घोषणा गरे विवाहको मिति, गिन्नी बन्दैछिन् कपिलकी दुलही !

कात्तिक ६, काठमाडौँ । दीपिका पादुकोण र रणवीर सिंहको विवाहको कुरा चलिरहँदा कमेडियन कपिल शर्माले पनि आफ्नो विवाहको मिति घोषणा गरेका छन् । 

कपिल शर्माले १२ डिसेम्बरमा गिन्नी चतरथको होमटाउन जालन्धरमा विवाह गर्ने घोषणा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ । 

कपिल शर्माले उनको विवाह भव्य रुपमा हुने बताएका छन् । गिन्नी आफ्नो परिवारकी एउटी मात्र छोरी हुन् । कपिलले विवाह समारोह गिन्नी कै इच्छा अनुसार हुने जानकारी दिए । 

null

को हुन् गिन्नी चतरथ ? 

गिन्नी र कपिल कलेज पढ्ने बेलादेखि नै परिचित छन् । कलेज समारोहमा दुवै जना भाग लिन्थे । कपिलको भाइ अशो शर्माले गिन्नीको वास्तविक नाम भवनीत भएको बताएका थिए । गिन्नी कपिलको साथमा पञ्जावी कमेडी शो हंसबलिएमा देखिइसकेकी छिन् । भनिएको छ कि यसै शो मा उनीहरुको अफेयर शुरु भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *