इण्डोनेसिया प्लेन दुर्घटनाः उडेको तीन मिनेटमै पाइलटले मागेका थिए फर्कने अनुमति

कात्तिक १३, जाकार्ता । इण्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान दुर्घटनाबारे केही नयाँ खुलासा भएको छ । 

सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको उक्त जहाजका पाइलटले विमानको एक उपकरण विश्वसनीय नभएकोबारे आफ्नो अर्को साथी पाइलटलाई जानकारी दिएका थिए । 

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । चालक दलका सहित एक सय ८८ जना रहेका उक्त जहाज समुद्रमा खसेको भेटिएको हो । 

null

राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडान भरेको उडान नं. जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । 

 

इण्डोनेशियाका खोजकर्ता टोलीले मंगलबार दुर्घटनाग्रस्त विमानका केही टुक्राहरु फेला पारेका छन् । उक्त क्षेत्रमा मानिसको अवशेष पनि मिलेको बताइएको छ । डिएनए टेस्टका लागि शवका अवशेषहरुजकार्ता पठाइएको जानकारी दिइएको छ । 

प्राप्त जानकारी अनुसार क्याप्टेनसँग भएको एयरस्पीड रिगिड उपकरण विश्वसनीय थिएन । पाइलट र को–पाइलटको विमान को उचाइ पत्ता लगाउने उपकरणले पनि फरक फरक आँकडा देखाइरहेको थियो । 

यसलाई नै मध्यनजर गर्दै चालक दलले जकार्ता फर्कने निर्णय गरेको थियो । प्लेनका क्याप्टेन भव्य सुनेजा भारतीय थिए । उनी दिपावलीमा छुट्टी लिएर दिल्लीमा भएकी आफ्नी श्रीमती भेट्न आउन चाहन्थे । 

यो भन्दा पहिले एयरलाइन्सको एग्जेक्यूटिभ एडवर्ड सिराइटले भनेका थिए कि प्लेनमा प्राविधिक समस्या छ । तर यसको पहिचान भएको थिएन । 

यो समस्या बालीबाट जकार्तासम्मको उडानको समयमै भएको थियो । यद्दपी उनीहरुले पछि यो समस्या सुल्झाएको प्रतिक्रिया दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *