रिहाइपछि अमेरिकी पादरी स्वदेश फर्कँदै

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी पादरी एन्ड्रु ब्रन्सनको रिहाइका निम्ति टर्कीसँग कुनै गोप्य सम्झौता नभएको बताएका छन्। दुई वर्षभन्दा बढी समयदेखि टर्कीमा थुनामा रहँदै आएका ब्रन्सन टर्कीको पश्चिमी शहर इज्मीरबाट जर्मनी हुँदै अमेरिका जाँदैछन्। 

अमेरिकी सेनाको विमानमा उनी स्वदेश फर्किँदैछन्।ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सम्भवतः शनिवार ब्रन्सनलाई स्वागत गर्ने बताएका छन्।यसअघि टर्कीको एउटा अदालतले ब्रन्सनलाई तीन वर्षभन्दा बढी समयका लागि जेल सजाय सुनाएको थियो। 

तर सन् २०१६ मा नियन्त्रणमा लिइएयता सो समयावधि बिताइसकेकाले उनलाई अदालतले रिहा गर्‍यो। 

null

तिबन्धित गुलेनिस्ट आन्दोलनसहितका राजनीतिक समूहसँग सम्बन्ध रहेको अभियोगमा टर्कीमा सन् २०१६ को असफल सत्तापलटको प्रयासपछि ब्रन्सनलाई पक्राउ गरिएको थियो। 

जासुसीबारेका अरू अभियोगमा चाहिँ उनले सफाइ पाएका थिए। -बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *