जेलका कर्मचारी सवार गाडीमा बम आक्रमण, ४ जनाको मृत्यु

कात्तिक १४, अफगानिस्तान । अफगानिस्तानमा बुधबार बिहान बम विस्फोट भएको छ । पुल ए चरखी जेलका कर्मचारी सवार बसलाई लक्षित गरी बम आक्रमण गरिएको हो । 

आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । 

गृह मन्त्रालयका अधिकारीका अनुसार यो घटना स्थानीय समय अनुसार ७ः३० बजे भएको हो । यस हमलामा पुल ए चरखी जेलका एक गाडीलाई निशाना बनाइएको हो । 

null

गृह मन्त्रालयले घटनाको पुष्टि गरेपनि सम्बन्धित अन्य जानकारी भने दिएको छैन । यद्यपी तालिवानकाे कुनै पनि समूहले अहिलेसम्म यस घटनाको जिम्मेवारी लिएको छैन । 

यसअघि अफगानिस्तानमा भएको चुनावी समयमा तालीवानद्वारा १९३ मतदान केन्द्रमा भएको हमलामा २७ नागरिक, ९ सुरक्षाकर्मी र ३१ विद्रोहीको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *