गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै

कात्तिक १४, भारत । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । 

उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्न लागिएको हो । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ । 

सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यसै महिना निर्माण सम्पन्न भएपछि त्यसको अनावरण प्रधानमन्त्री मोदीले बुधबार गर्ने कार्यक्रम रहेको भनी व्यापक प्रचार गरिएको थियो । 

null

सोही बमोजिम अनावरणको तयारी गरिएपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले उक्त सालिक निर्माणप्रति असन्तुष्टि जनाउँदै अनावरणको दिन विरोध प्रदर्शन गर्ने जनाएका थिए । 

सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा कुनै असुरक्षा नहोस् भनेर ठूलो संख्यामा प्रहरी खटाएको छ । सादा पोशाकमा खटाइएका प्रहरीले सङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरु पनि आइरहेका छन् । 

गुजरातका प्रहरी अधिकारीले उक्त स्मारक रहेको क्षेत्रको वरिपरि करिब १० किलोमीटर क्षेत्रसम्म कम्तीमा पनि पाँच हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । 

उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मीटर ९६००० फिट रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ । 

स्मारक उद्घाटनका लागि बुधबार गुजरातमा विशेष कार्यक्रमको आयोजना गरिएको बताइएको छ । त्यस स्मारक निर्माण भएको क्षेत्र वरिपरिको आकासमा बुधबार बिहानदेखि नै हेलिकोप्टरले हवाई सुरक्षा गस्ती दिइरहेको छ । 

त्यसैगरी प्रधानमन्त्री मोदीले उक्त स्मारकको अनावरण गर्ने क्रममा हेलिकोप्टरले आकासबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको पनि अधिकारीहरुले जनाएका छन् । 

‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न स्थानीय नागरिकको धेरै जग्गा सरकारले लिएको आरोप स्थानीयको रहेको छ । उनीहरुले सरकारसँग त्यस जग्गाको क्षतिपूर्ती माग गरेका छन् । 

सरकारले क्षतिपूर्ती नदिएकोले नै गुजरातका स्थानीय वासिन्दाले सो स्मारकको अनावरण कार्यक्रमको विरोध गरेका जनाइएको छ । उनीहरुले विगत लामो समयदेखि आफ्नो जग्गाको क्षतिपूर्ती मागेको बताएका छन् । 

तर स्थानीयको जग्गा अनुसारको क्षतिपूर्ती सरकारले नदिएकोले आफूहरुले विरोध गरेको उनीहरुको भनाई छ । स्थानीय नागरिकहरुले विभिन्न सङ्घर्ष समिति नै बनाएर प्रधानमन्त्री मोदीलाई उक्त स्मारकको अनावरणमा नआउन भनेका छन् । यदि उनी सो उद्घाटनमा आएमा कडा विरोध गर्ने पनि उनीहरुले बताएका छन् । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *