यौन उत्पीडनको आरोप लागेका भारतीय मन्त्री अकबरले दिए राजीनामा

असोज २८ । यौन उत्पीडनका आरोप झेलिरहेका भारतका केन्द्रिय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् । 

सामाजिक सञ्जालमा चलिरहेको ‘मि टू’ अभियान अन्तर्गत उनलाई १० महिला पत्रकारहरुले यौन शोषणको आरोप लगाएका थिए । त्यसपछि उनलाई राजीनामाको दबाव बढेको थियो । 

उनी आइतबार बिहानै नाइजेरीया भ्रमणबाट फर्केका थिए । फर्के लगत्तै उनले मुख्य सचिव नृपेन्द्र मिश्रालाई इमेलमार्फत् राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले राजीनामा दिँदै विदेशमन्त्री सुषमा स्वराजसँग भेट्न समय माग पनि गरेका छन् । 

null

यी आरोपका बारेमा मन्त्री अकबरले अहिलेसम्म प्रतिक्रिया दिएका छैन । गएको हप्ता आरोप लागेको केही घण्टामा नै उनी विदेश भ्रमणका लागि नाइजेरिया गएका थिए । आइतबार बिहान स्वदेश फर्किएका राज्यमन्त्री एमजे अकबरले छिट्टै नै यसबारेमा आफ्नो प्रतिक्रिया दिने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *