के प्रियंका र करिनाले दुश्मनी बिर्सेका नै हुन् त ?

काठमाण्डौंँ, कात्तिक १३ । बलिउडका टप नायिका प्रियंका चोपडा र करिना कपुर को सम्वन्ध केहि बर्ष अगाडी देखी नै दरार पैदा हुँदै आईरहेको थियो । उनीहरुले एक मौका पनि छोड्दैन थिए एक–अर्कालाई गिराउन । एक अर्काका दुश्मन जस्तै बनेका यि नायिकाहरु एकाएक अहिले घुलमिल हुन थालेका छन् । 

पहिले शाहिद र करिनाबीच गहिरो प्रेम थियो । तर, आफूलाई धोका दिएर शाहिद प्रियंकाको पछि लागेपछी करिना रिसले चुर भईन् । नायक सहिद कपुरका कारण यी दुई नायिकाको सम्वन्धमा दरार पैदा भएको थियो । 

फिल्म ‘ऐतराज’ मा प्रियंका र करिना एकसाथ काम गरेका थिए । सो फिल्ममा प्रियंकाको भूमिका एकदम बलियो थियो । सो फिल्म हिट पनि भयो हिट हुँदा सबै जस प्रियंकाले नै बटुलिन । सोही फिल्मदेखी करिना प्रियंका प्रति जल्न थालिन् । 

null

विभिन्न अन्तरवार्ताहरुमा करिना र प्रियंकाले एक–अर्कालाई छेडछाड गरेका छन् । करण जोहरको च्याट शो ‘कफी विथ करण’ मा आउँदा करिनाले प्रियंकाको बारेमा भनेकी थिइन्, ‘उसको बोल्ने स्टाइल देख्दा मलाई उदेक लाग्छ ।’ त्यसको प्रति जबाफमा प्रियंकाले पनि यस्तै एक अन्तरवार्तामा भनेकी थिईन्, ‘मलाई करिनाको सबै कुरा देख्दा उदेक लाग्छ ।’ 

बिभिन्न अन्तरवार्तामा उनीहरुले एकअर्कालाई उडाउदै आईरहेका थिए तर हाल उनीहर ‘कफी विथ करण’ मा एकसाथ आउने भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *