१४ जना बालबालिकामाथि छुरा प्रहार, ३९ वर्षीया महिला प्रहरी नियन्त्रणमा

कात्तिक ९, चोङकिङ । चीनको चोङकिङमा १४ बालबालिकामाथि छुरा प्रहार भएको छ । चीनको चोङकिङमा रहेको किन्डरगार्टन अपार्टमेन्टमा ३९ वर्षीया महिलाले १४ जना बालिकामाथि छुरा प्रहार गरेकी हुन् । 

शुक्रबार बिहानीको व्यायाम सकेर कक्षामा फर्किरहेको बेला ती महिलाले बालबालिकामाथि आक्रमण गरेकी जनाइएको छ । घाइते बालबालिकाहरुलाई उपचारका अस्पतालमा लगिएको छ । 

छुरा प्रहार गर्नुको कारण भने खुलाइएको छैन । छुरा प्रहार गर्ने ती महिलालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *