छक्का पञ्जा ३ ले २ करोड २ दिनमा हात पारे 

घटस्थापनाको दिन देखी प्रर्दशनमा आएको चलचित्र छक्का पञ्जा ३ ले २ दिनमा २ करोड रकम संकलन गर्न सफल भएको छ । 

देशैभरका हलहरुमा एक साथ प्रदर्शनमा आएको छक्का पञ्चा ३ को विषयवस्तुलाई दर्शकले रुचाएका कारण चलचित्रले २ दिनमै २ करोड संकलन गर्न सफल भएको हो । 

सो चलचित्रले प्रदर्शनको पहिलो दिनमा नै १ करोड ३० लाख भन्दा बढीको व्यापार गरेकोे थियो भने दोस्रो दिन पनि ८० लाख भन्दा माथिको व्यापार गरेको चलिचित्रको निर्देशक दीपाश्री निरौलो बताईन् । 

null

दिपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरीको कथा रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठ रहेका छन् । 

फिल्ममा दीपकसँगै अर्जुन पोखरेलको पनि संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन, सुनयमान श्रेष्ठको मिक्सीङ्ग,सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *